अर्थ / बाणिज्य

समुदायमा कोरोनाबारे चेतना ल्याउन लघुवित्तकर्मीलाई प्रशिक्षण तालिम

इकागज |
साउन ३२, २०७८ सोमबार ८:१८ बजे

काठमाडौँ – कोरोना महामारीमा लघुवित्त सदस्य तथा अन्य समुदायलाई कसरी सुरक्षीत राख्ने भन्ने विषयमा प्रशिक्षक तालिम आयोजना भएको छ । अपरच्यूनिटी इन्टरनेशनल अष्ट्रेलियाको सहयोगमा स्वावलम्बन विकास केन्द्र र आरएमडीसी लघुवित्तले नेपालमा पहिलो पटक आइतबार आयोजना गरेको उक्त तालिमको स्रोतव्यक्ति भारतका डा. डि. एस. के राव, डा. सौमित्रा दत्ता र आलोक चक्रवर्तीका साथै कार्यक्रम सहजीकरणमा अपरच्यूनिटी इन्टरनेशनल अष्ट्रेलियाका अनि वाङ रहेका थिए । उक्त तालिम २५ वटा लघुवित्त संस्थाका २५ जना कर्मचारीहरूले प्रशिक्षक तालिम लिएको स्वाबलम्बन विकास केन्द्रले जनाएको छ । 

यो तालिमले लघुवित्तकर्मी मार्फत कोरोना महामारीवाट बच्ने उपायहरु समुदाय सम्म पुर्‍याउने लक्ष्य राखेको आयोजक संस्थाले जनाएको छ । यस तालिमबाट दिक्षित भएका २५ जना मध्ये हरेकले आ–आफ्नो लघुवित्त संस्थाका २५ देखि ३० जना शाखा प्रबन्धकहरुलाई यस्तो तालिम दिने बताइएको छ । ‘यसैगरी शाखा प्रबन्धकहरुले पनि आफ्नो शाखा अन्तरगतका ५ देखि ७ जना कर्मचारीहरुलाई यस्तो तालिम दिनेछन्,’ स्वाबलम्बन विकास केन्द्रले भनेको छ, ‘तालिममा प्रशिक्षित फिल्ड कर्मचारीहरुले १० वटा केन्द्रका प्रमुख तथा सदस्यहरु र ती सदस्यहरुले आफ्ना ५ जना लाई छिमेकीलाई यस्तो तालिम दिएर उनीहरु मार्फत समुदायमा करिब २५लाखमा वाँच्ने र बचाउने चेतना वाँड्न सहयोग पुग्नेछ ।’ 


तालिम आयोजनाबारे आफ्नो धारणा राख्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले सहभागी प्रशिक्षार्थीहरुलाई एक हप्ता भित्र आफ्नो संस्थाका शाखा प्रबन्धकहरुको लागि तालिम आयोजना गर्न सुझाव दिए ।

‘तपाईहरुले समयमै तालिम सम्पन्न गर्नु भयो भने कोभिड १९को कारण हुने घटना कम गर्न निकै ठुलो सहयोग पुग्नेछ । फेरी कोरोनाको महामारी वढी रहेको छ । अहिले पनि धेरै मानिस कोरोनाबाट बच्ने उपायबारे जानकार छैनन् । खोप उपलब्ध भएर पनि लाउन हेलचेक्रयाइ गरीरहेका छन्,’ उनले भने ‘तालिम पछि कुनै पनि लघुवित्त सदस्यले कोरोनाको कारण ज्यान गुमाउनु नपरोस । त्यसैले यसमा भएको प्रगतिबारे अनुगमन पनि गरौँ ।’ 

त्यस्तै, आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले लघुवित्त क्षेत्रको लिडरको रुपमा पहिलो चरणमा २५ जनालाई छनौट गरेको र उनीहरूले तालिममा सिकेको ज्ञान र सीपलाई तल्लो तहमा हस्तान्तरण गरी कोरोना महामारीबारे बच्न समुदाय सम्म चेतना फैलाउन योगदान पु¥याउने अपेक्षा राखेका थिए । 


Author

थप समाचार
x