अर्थ / बाणिज्य

वैदेशिक अध्ययनमा जान नपाएका विद्यार्थीलाई शुल्क फिर्ता

इकागज |
साउन ३२, २०७८ सोमबार १४:३१ बजे

काठमाडौँ - नेपाल राष्ट्र बैंकले वैदेशिक अध्ययनमा जान नपाएका विद्यार्थीले तिरेको शिक्षा सेवा शुल्कबापतको रकम फिर्ता गरेको छ । गत साउन २१ मा आन्तरिक राजस्व विभागले 'शिक्षा सेवा शुल्क फिर्तासम्बन्धी मापदण्ड, २०७८' स्वीकृत गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शिक्षा सेवा शुल्क फिर्ता गराउन विदेशी विनिमयसम्बन्धी सुविधाको व्यवस्था गर्न निर्देशन दिएको हो । 

विदेशस्थित कलेज वा विश्वविद्यालयमा अध्ययन गर्ने सिलसिलामा शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही गरी शुल्क बुझाएका विद्यार्थीका हकमा फिर्ता गर्ने उल्लेख छ । विदेशमा अध्ययन गर्न जान नपाई विदेशी मुद्रा फिर्ता गरेमा तीन वर्षभित्र फिर्ता गर्नुपर्ने मापदण्डमा उल्लेख छ । 



Author

थप समाचार
x