अर्थ / बाणिज्य

भुकम्प पीडितसँग घूस लिने सव-इञ्‍जिनियरविरुद्ध मुद्दा

इकागज |
भदौ २, २०७८ बुधवार १७:० बजे

काठमाडौँ – भुकम्प पीडितसँग घूस लिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ओखलढुंगास्थित जिल्ला आयोजना कार्यान्वयन इकाईका सव-इन्जिनियर राजन पासवानविरुद्ध अख्तियार दुरुपयोग अनुसान्धान आयोगले मुद्दा दायर गरेको छ । भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत उनले ३० हजार रुपैयाँ घूस लिएका थिए । 

अनुसन्धानको सिलसिलामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा रही जिल्ला ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नं. 1 को कार्यालयमा खटिएका सव-इन्जिनियर पासवानले भूकम्प पुनर्निर्माणको लागि सेवाग्राहीले नियमानुसार पाउने तेस्रो किस्ताको रकमको सिफारिस रोकी दिने चेतावनी दिएका थिए । उनीविरुद्ध जरिवाना र कैद सजाय हुन मागदावी गर्दै अख्तियारले काठमाडौँ विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।



Author

थप समाचार
x