सामलिङ्ग पावर कम्पनीको आइपीओ निष्काशन स्थगित
काठमाडौँ - सामलिङ्ग पावर कम्पनीले निष्काशन गर्ने भनिएको साधारण शेयर (आईपीओ) हाललाई स्थगित भएको छ । कम्पनीद्वारा इलामको माईजोगमाई गाउँपालिकामा निर्माण सम्पन्न माइबेनी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका वासिन्दाका लागि गत साउन साउन २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री गर्न लागेको थियो ।
इलाममा कोरोना संक्रमण रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका कारण अर्को व्यवस्था नभएसम्मका लागि आईपीओ निष्काशन तथा बिक्री स्थागित गरिएको कम्पनीले जनाएको हो । प्रभावित क्षेत्रका वासिन्दानिम्ति निष्काशन गर्न स्थानीय स्तरका बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै कम्पनीले परिस्थिति सहज भएपछि पुःन सूचना प्रकाशित गरी आईपीओ निष्काशन तथा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले एक सय अंकित दरका पाँच लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरिका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् तीन लाख र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिकाका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिकाका वडा नं ४ र ५ का लागि ४० प्रतिशत अर्थात दुई लाख कित्ता शेयर निष्काशन गर्ने योजना छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया