अर्थ / बाणिज्य

बाढी पहिरोपीडितलाई भारतकाे राहत

इकागज |
भदौ ११, २०७८ शुक्रवार २०:४१ बजे

काठमाडौँ – मिशन उप–प्रमुख नामग्या खम्पाले आठ करोड रूपैयाँ बराबरको राहत सामग्री हस्तान्तण गरेकी छिन् । खम्पाले भारत सरकारको तर्फबाट  उक्त राहत सामग्री नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष तथा सांसद् चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरेकी हुन् । 

नेपालका १५ जिल्लाहरूमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ म्याट र औषधिहरू रहेको बताइएको छ ।


बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिलामैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत सो राहत सामग्री चार वटा प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रूपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने भारतीय राजदूतावासले जनाएको छ ।


Author

थप समाचार
x