अर्थ / बाणिज्य

गोर्खाज फाइनान्सको साधारणसभा विवादमा

इकागज |
भदौ १४, २०७८ सोमबार १६:४० बजे

काठमाडौँ - भदौ २४ मा आयोजना हुने तय भएको गोर्खाज फाइनान्सको साधारणसभा विवादमा परेको छ । फाइनान्सका संस्थापक सेयरधनीहरूले साधारणसभा रोक्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

संस्थामा 'एकथरी सेयर माफियाहरू'ले  गुटबन्दी गर्दै संस्था कब्जा गर्ने षडयन्त्र गरेको उजुरीकर्ता सेयरधनीहरुकाे आरोप छ । भदौ १० मा सार्वजनिक सूचना जारी गर्दै फाइनान्सले २४ गते ११ बजे सोल्टीमोडको क्राउन ईम्पोरियलमा २६औं बार्षिक साधारणसभा आयोजना गर्ने जानकारी दिएको थियो । सोमबार फाइनान्सले निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको छ ।

संस्थाभित्र गुटबन्दी मौलाएको र यो साधारणसभा सञ्‍चालक समितिको निर्वाचन हुने चुनावी सभा समेत भएकाले हजारौं सेयरधनीहरु सहभागी हुने भन्दै सेयरधनीहरूले भीडभाड गर्न नदिन प्रशासनलाई पत्र पठाएका हुन् ।

प्रमुख जिल्ला अधिकारीले काठमाडौँ जिल्लाभर सबै प्रकारका सभा तथा सम्मेलन गर्न तथा २५ जना व्यक्ति भन्दा बढि एकैसाथ एक ठाउँमा भेला निषेध गरिएको भन्दै उनीहरूले साधारणसभा रोक्न माग राखेका हुन् । फाईनान्सको २६ औं साधारणसभामा संस्थापक तर्फ ३ जना र साधारण तर्फ ३ जना गरी ६ जना संचालकहरुको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । 

हालको सञ्‍चालक समितिका 'केही सञ्‍चालक तथा केही उच्च पदस्थ कर्मचारीहरुले संस्था कब्जागरी संस्थाको दुरुपयोग गरेको र करोडौं रकम नियमविपरित कजा प्रवाह गरेको' उनीहरूको आरोप छ । नियामक निकायद्वारा छानविन भई रहेकले साधारण सभामा  यो साधारणसभाको आयोजना गर्न पूर्ण रुपमा असम्भव र गैरकानूनी रहेको उनीहरूको ठहर छ ।



Author

थप समाचार
x