अर्थ / बाणिज्य

एनएमबि फिफ्टी म्युचुअल फन्डको नाफा बढ्यो

इकागज |
भदौ १५, २०७८ मंगलबार १२:५३ बजे

काठमाडौँ - एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्‍चालन हुने एनएमबि फिफ्टीको नाफा बढेको छ । गत आर्थिक वर्षमा एनएमबि म्युचुअल फन्डले एक अर्ब ६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ११ करोड २६ लाख १९ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।

व्यापारिक प्रयोजनका लागि वित्तीय सम्पत्ति बिक्री गरेपछि प्राप्त आम्दानी बढ्दा कम्पनीको नाफा बढेको हो । यस्तो आम्दानी ५१ करोड १४ लाख रुपैयाँ पुगेको छ । यस्तो आम्दानी अघिल्लो आवमा दुई करोड ९३ लाख रुपैयाँ कायम भएको थियो । 

म्युचुअल फन्डको लाभांस आम्दानी समेत बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३१ लाख ३२ हजार रुपैयाँ मात्रै लाभांश आम्दानी गरेको यो म्युचुअल फन्डले ५६ लाख ५८ हजार रुपैयाँ लाभांश आम्दानी गरेको थियो । 


गत आर्थिक वर्षमा यो म्युचुअल फन्डको व्यापारिक प्रयोजनको वित्तिय सम्पत्ति पनि बढेको छ । यस्तो सम्पत्ति एक अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो सम्पत्ति ४५ करोड २३ लाख रुपैयाँ मात्रै थियो । 


Author

थप समाचार
x