हेटौंडामा बिहान र बेलुका बत्ती जाने, सूर्य नेपाल र अशोक स्टिलमा १० घन्टा विद्युत् ठप्प
काठमाडौँ - हेटौंडामा मंगलबार बिहान र बेलुका बत्ती जाने भएको छ । बिहान सात बजेदेखि १० बजेसम्म र बेलुका तीन बजेदेखि पाँच बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
हेटौंडा परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको टावर नम्बर २८७ देखि टावर नम्बर २९७ को बीचमा नयाँ टावर थप गर्ने र कन्डक्टर तान्ने कार्यमध्ये सुरुको टावर नम्बर २८७ र अन्तिम टावर नम्बर २९७ मा जोड्ने बाहेक बीचको सेक्सनहरूमा टावर खडा गर्ने र नयाँ लाइन तान्ने कार्य करिब सम्पन्न भइसकेको छ । बाँकी लाइन तान्ने काम (करिब १६६ मिटर टावर नम्बर २८७ सम्म र करिब १४६ मि. टावर नम्बर २९७ सम्म) सम्पन्न गर्नुपर्ने भएकोले काम गर्न लागिएको सेक्सनभन्दा अगाडि र पछाडि जम्पर खोल्न लगाउने प्राधिकारणले जानकारी दिएको छ ।
प्रणाली सञ्चालन विभागको हेटौंडा- कमाने-पथलैया १३२ के. भी. तथा हेटौंडा परवानीपुर ६६ के. भी. प्रसारण लाइनमा अप्टिकल - फाइबर रुटको रिएरेन्ज गर्नकालागि समेत बिहान ३ घन्टा र बेलुकी ५ बजेसम्म २ घन्टा हेटौंडा परवानीपुर ६६ के. भी. डबल सर्किट प्रसारण लाइन बन्द गरिने भनिएको छ ।
यस आयोजनाबाट सटडाउन अवधिभित्र गरिनुपर्ने सम्पूर्ण कार्यहरू सम्पन्न गर्न यथाशक्य प्रयास गरिने उल्लेख छ । सटडाउन अवधिभित्र गर्नुपर्ने कार्यहरू कठिन रहेकाले सोमबार बेलुकी ५ बजेसम्म सम्पूर्ण कार्य सम्पन्न हुन नसकेमा मात्र प्रसारण लाइनको सटडाउन अवधि बढ्न सक्ने जानकारी दिएको छ । ६६ केभीबाट विद्युत सप्लाई भएका सूर्य नेपाल प्रालि र अशोक स्टिल प्रालिको हकमा भदौ २३ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म करिब १० घन्टा विद्युत आपूर्ति बन्द रहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया