अर्थ / बाणिज्य

डा. चिरञ्जीवी नेपाल भन्छन्, म ‘नेपाल ग्रोथ डायग्नोस्टीक’को टीम लिडर थिइनँ

इकागज |
भदौ २४, २०७८ बिहीबार १८:५६ बजे

काठमाडौँ – नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा भएको अध्ययन  'नेपाल ग्रोथ डायग्नोस्टीक'को टीम लिडर नभएको बताएका छन् । अर्थ मन्त्रालयले एमसीसीलाई स्पष्टताका लागि सोधेको प्रश्नमा ‘नेपालको विकासका अवरोधका सम्बन्धमा अध्ययन गर्न चिरञ्जीवि नेपालको संयोजकत्वमा १० जनाको टिम बनाएको । अमेरिकाको तर्फबाट लिड एजेन्सी भनी एमसीसीका बाड्ले कनिंघमको नेतृत्वमा एमसीसी र युएसएडका ९ जना प्रतिनिधिले अध्ययन गरी सन् २०१४ मा प्रकाशित रिपोर्टमा अमेरिकी टोलीको प्राथमिकतामा आयोजना छनौट गर्न लगाइको’ भनिएको छ । 

डा. नेपालका अनुसार उक्त अध्ययनको संयोजन अर्थ मन्त्रालयले गरेको हो । मन्त्रालयका तर्फबाट तत्कालीन आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख र हालका अर्थसचिव मधुकुमार मरासिनी र तत्कालीन उपसचिव नारायण ढकाल सहभागी थिए । नेपाल अर्थमन्त्रालयको प्रमुख सल्लाहकार हुनुभन्दा अघिदखि नै पुरानाे टिमले काम गरिरहेकाे थिथाे र मन्त्रालयकाे उक्त जिम्मेवारीमा रहँदा नेपाल पनि सदस्यका रूपमा आवद्ध भएका थिए  तर रिपोर्ट तयार हुँदा उनी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भएकाले यसमा धेरै स‌ंलग्‍न हुन नपाएकाे  उनले बताए । 


उक्त टिममा रहेर काम गर्नेमा  पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका आर्थिक सल्लाहकार समेत रहिसकेका नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य श्रीराम पौडेल, दाहालले नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका मीनबहादुर श्रेष्ठ, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव बनाएका प्राध्यापक देवराज अधिकारी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले धितोपत्र बोर्डका अध्यक्ष बनाएका प्रा. शूरवीर पौडल लगायत थिए । 

‘अर्थमन्त्रालयले पठाएको चिट्ठीमा मेरो नेतृत्वमा अध्ययन भएको भनेर उल्लेख भएको रहेछ,’ उनले भने, ‘यसमा अधिकांश एमाले र माओवादीको पृष्ठभूमि भएका साथीहरू नै हुनुहुन्थ्यो । यसबारेमा उहाँहरूले अहिले बोलेको सुनिदैंन ।’


 


Author

थप समाचार
x