अर्थ / बाणिज्य

अवरुद्ध अरनिको राजमार्गको लिपिङ खण्ड सञ्चालनमा

इकागज |
भदौ २५, २०७८ शुक्रबार १४:५९ बजे

फाइल तस्बिर

चौतारा -  अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङपुल नजिक भास्सिएर विगत तीन महिनादेखि अवरुद्ध सडक आजबाट सञ्चालनमा आएको छ ।

अबिरल वर्षाले गत असार २ गतेदेखि भास्सिएको सडक मर्मत गरेपछि आज बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिए ।


नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडक खण्ड लामो समयदेखि अवरुद्ध भएपछि चीनबाट सामान आयात गर्न सकिएको थिएन भने राजस्व सङ्कलनमा पनि असर परेको थियो ।

सीमापुलबाट दुई किलोमिटर तल रहेको उक्त पुल जोखिममा पर्नुका साथै करिब २५ मिटर सडक भास्सिएपछि भरियाद्वारा ढुवानी गराउँदा महँगो पर्ने हुँदा लाखौं मूल्यका स्याउ कुहिएका व्यवसायीले गुनासो गरेका छन् । 

उक्त सडकको कोदारीमा पनि असार ५ गतेको बाढी पहिराले क्षति पुगेको थियो । त्यहाँ केही दिनअधि मात्र यातायात सञ्चालनमा आएको थियो । सडक सञ्चालनमा आएसँगै दशैँका लागि सामान झिकाउन सहज भएको भन्दै स्थानीय र व्यापारीले खुसी व्यक्त गरेका छन् । रासस


Author

थप समाचार
x