अर्थ / बाणिज्य

कुनै बहानामा मल अभाव हुन हुँदैन : सांसद

इकागज |
भदौ २९, २०७८ मंगलबार १७:३१ बजे

काठमाडौँ - सांसद सोमप्रसाद पाण्डेले किसानहरुलाई मलको समस्या पर्न थालेकाले सरकारले तुरुन्त मलको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा मन्त्री नभएको भन्ने बहानामा मलको अभाव हुन नदिन उनले सरकारको ध्यानाकर्षण गराएका छन् । 

अन्तर्राष्ट्रिय बजारमा मलको अभाव नभएको भए पनि नेपालमा व्यवस्थापनको कमजोरीको कारण मलको अभाव हुन पुगेको भन्दै उनले भने, ‘मलको निम्ति, कृषि अनुदानको निम्ति सरकारले पैसा विनियोजन गर्न र तत्काल व्यवस्था गर्न कुनै कमी गर्दै गर्दैन । यसमा सम्बन्धित निकायको बढी ध्यान पुग्नुपर्‍यो । अहिले मन्त्री छैन भनेर अथवा सरकारमा बजेट छैन भनेर भन्न पाइदैन । त्यसको निम्ति व्यवस्थापकीय पक्षले तयारी गर्नुपर्छ र मल समयमै ल्याउनुपर्छ ।’


नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले मन्त्रिमण्डल विस्तारपछि सरकारले मलको समस्या र उखु किसानको समस्यालाई सम्बोधन गर्ने विश्वास आफूले लिएको बताए । उनले पनि कृषकलाई मल अभाव हुन नदिने विषय राखेका थिए । नेपाल कृषि प्रधान देश भनिए पनि राज्यले कहिले पनि कृषिको समस्या समाधान गर्ने नीति, कार्यक्रम ल्याउन नसकेका कारण किसानहरू मारमा पर्ने गरेको पनि बताए । 


Author

थप समाचार
x