अर्थ / बाणिज्य

अर्थ मन्त्रालयका ६ सहसचिवको सरुवा

इकागज |
भदौ २९, २०७८ मगलवार १७:२८ बजे

काठमाडौँ - अर्थ मन्त्रालयअन्तर्गतका सहसचिवहरूलाई प्रदेशमातहतका कार्यालयहरूमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई मंगलबार सरुवा गरिएको हो ।

अर्थ मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेललाई गण्डकी प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । यमलाल भुसाललाई बाग्मतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा सरुवा गरिएको छ । 


सहसचिव सुमन दाहाललाई प्रदेश नम्बर १ को आर्थिक मामिला तथा योजना मन्त्रालय पुर्‍याइएको छ । धनीराम शर्मालाई बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ। झक्कप्रसाद आचार्यलाई कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र  श्यामप्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्‍याइएको छ ।

राष्ट्रिय दलित आयोगका सहसचिव नवराज ढुंगानालाई अर्थ मन्त्रालय पठाइएको छ । योजना आयोगका खोमराज कोइरालालाई लुम्बिनीको आर्थिक मामिला तथा सहकारी मन्त्रालयमा पठाइएको छ । 


Author

थप समाचार
x