अर्थ / बाणिज्य

६ सय रुपैयाँले महँगियो सुन

इकागज |
भदौ ३०, २०७८ बुधवार १२:१३ बजे

काठमाडौँ - सुन तोलामा ६ सय रुपैयाँले महँगिएको छ । मंगलबार स्थिर देखिएको सुनको भाउ बुधबार भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ९१ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।


सुनको भाउ बढे पनि चाँदी स्थिर छ । महासंघका अनुसार चाँदी तोलामा एक हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ ।


Author

थप समाचार
x