अर्थ / बाणिज्य

सेयर बजारमा ४० अंकको पहिरो

इकागज |
भदौ ३०, २०७८ बुधबार १५:१६ बजे

सांकेतिक फोटो

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) परिसूचक ४०.२६ अंकले खस्किएको छ । १.३७ प्रतिशतले घटेर नेप्से परिसूचक २८८९.०३ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटै समूहका परिसूचक कमजोर बन्दा नेप्से परिसूचक पनि खस्किएको हो । होटल एन्ड टूरिजम्‌, विकास बैंक, हाइड्रोपावर, फाइनान्स र निर्जीवन बीमा समूहका परिसूचक दुई प्रतिशतभन्दा बढी दरले घटेका छन् ।

बैंकिङ, म्यानुफ्याक्चरिङ, जीवन बीमा, इन्भेष्टमेन्ट र अन्य समूहको परिसूचक १ प्रतिशतभन्दा बढी दरले घटेको छ । सेयर बजारमा गिरावट आउँदा पनि मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य आठ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।


पाँच अर्ब ३५ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ७५ हजार आठ सय ९५ पटकको किनबेचमा एक करोड कित्ता सेयर किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार उच्च छ । 


Author

थप समाचार
x