अर्थ / बाणिज्य

सानिमा क्यापिटलले २५ प्रतिशत नगद लाभांश बाँड्ने

इकागज |
असोज १, २०७८ शुक्रबार १३:५० बजे

काठमाडौँ- सानिमा क्यापिटलले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशत लाभांश बाँड्ने तयारी गरेको हो । यसको चुक्ता पुँजीको २५ प्रतिशतले ६ करोड २५ लाख रुपैयाँ हुन्छ ।

भदौ २३ मा सञ्‍चालक समितिले यस्तो प्रस्ताव गरेको हो । असोज १५ मा सानिमा बैंकको केन्द्रिय कार्यालयमा कम्पनीको छैठौँ साधारणसभा राखिएको छ । साधारणसभाबाट यो प्रस्ताव पारित गरेपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन् ।



Author

थप समाचार
x