कोभिड–१९
विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैँयामा तिर्न सकिने
काठमाडौंः नेपाल राष्ट्र बैंकले विदेशी परिवत्र्य मुद्रामा लिएको ऋण भुक्तानीमा सहजीकरण गरेको छ । केन्द्रीय बैंकले कोभिड–१९ का कारण विदेशी मुद्रा आम्दानी गर्न नसकेर विदेशी मुद्रामा ऋण भुक्तान गर्न नसक्ने अवस्था भएमा नेपाली रुपैँयामै ऋणको किस्ता तिर्न सकिने व्यवस्था गरेको हो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका क्रममा भएको घोषणा कार्यान्वयनका लागि राष्ट्र बैंकले आज परिपत्र जारी गरेको छ ।
कोभिड–१९ का कारण विदेशी मुद्रा आर्जन गर्न नसकेर समस्यामा परेका विदेशी मुद्रामा ऋण लिएका व्यवसाय/फर्महरुलाई यसले सहजता प्रदान गर्नेछ । नेपाली वाणिज्य बैंकहरुले विदेशी परिवत्र्य मुद्रामा दिएको ऋणको हकमा यो व्यवस्था लागू हुने राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।
‘उदाहरणका लागि अहिले पर्यटनमा आधारित लगायत केही व्यवसायहरुले विदेशी मुद्रा आर्जन गर्न पाएका छैनन्,’ उनले भने, ‘अहिले उनीहरुलाई विदेशी मुद्रामै ऋण तिर भन्ने अवस्था नभएकाले सहजीकरण गरिएको हो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया