अर्थ / बाणिज्य

नेपालबाट फेसबुक प्रोफाइल कसरी लक गर्ने ?

इकागज |
असोज ३, २०७८ आइतवार १०:२५ बजे

काठमाडौँ- विश्वको चर्चित सोसल मिडिया फेसबुक प्रयोग नगर्ने मानिस कमै मात्र भेटिन्छन् । विश्वमा फेसबुकका करिब दुई अर्व ८५ करोड प्रयोगकर्ता रहेको दाबी छ । नेपालमा पनि फेसबुकका एक करोड भन्दा बढी प्रयोगकर्ता रहेको नेपोलियनक्याट नामक साइडले जनाएको छ ।

आजभोलि तपाईंले आफ्ना फेसबुक साथीहरूले प्रोफाइल लक गरको देख्न सक्नुहुन्छ । भारतमा केहि वर्षअगाडि सुरू गरेको फेसबुकको प्रोफाइल लक गर्ने सुविधा नेपालबाट सिधैँ गर्न भने सकिदैन् । नेपालबाट प्रोफाइल लक गर्न तपाईंले केही अन्य प्रक्रिया अपनाउन पर्ने हुन्छ । यहाँ हामी तपाईंलाई नेपालबाट कसरी प्रोफाइल लक गर्न सकिन्छ भन्ने जानकारी दिदैछौं ।


आफ्नो फेसबुक प्रोफाइल लक गर्न नेपालबाट सिधैँ गर्न सकिन्न त्यसो भए नेपालबाट कसरी लक गर्ने त ?

नेपालबाट फेसबुक प्रोफाइल लक गर्नको लागि प्रथमत तपाईंले तलका केहि तरिका अपनाउनु पर्ने छ ।

नेपालबाट फेसबुक लक गर्नका लागि

  • नेपालबाट फेसबुक प्रोफाइल लक गर्न आफ्नो मोबाइलमा प्ले स्टोरबाट फेसबुक लाइट डाउनलोड गर्नुहोस् ।
  • फेसबुक लाइट डाउनलोड गरिसकेपछि दायाँ साइडमा रहेको प्रोफाइल सेटिङमा जानुहोस् ।
  • ल्याङगेवज सेटिङमा गएर भाषालाई अन्तिमबाट सातौ स्थानमा रहेको भाषा छान्नुहोस् ।
  • अब आफ्नो प्रोफाइलमा गएर तीन डट मा जानुहोस् त्यहाँ प्रोफाइल लक भन्ने अप्सन देखाउने छ ।

यसरी तपाईंले सजिलै नेपालबाट पनि आफ्नो प्रोफाइल लक गर्न सक्नुहुन्छ । यो फिचर अन गर्ने बित्तिकै, तपाईँका जून पोष्ट पहिले सार्वजनिक रूपमा थिए, ती सबै फ्रेण्डसमा सर्छन्। साथै टाइमलाइन समीक्षा र ट्याग समीक्षा खुल्ला हुनेछ। यस फिचरलाई अन गरेपछि जानकारीको एक सानो अंश मात्र तपाईंको प्रोफाईलमा देखा पर्नेछ।


Author

थप समाचार
x