अर्थ / बाणिज्य

नेपालमा १ अर्बको ठेक्का पाएको मद्रास केन्या र सुडानमा निलम्बित (पत्रसहित)

इकागज |
असोज ३, २०७८ आइतबार १४:१५ बजे

काठमाडौँ - नेपालमा अन्त:शुल्क स्टिकर छाप्न एक अर्ब २७ करोड रुपैयाँको ठेक्का पाएको मद्रास सेक्युरिटी दक्षिण सुडान र केन्यामा निलम्बित भएको पाइएको छ । जालसाझी गरेको अभियोगमा  भारतीय कम्पनी मद्रासमाथि सम्बन्धित मुलुकका सरकारले छानबिन गरिरहेका छन् ।

दक्षिण सुडानमा अफ्रिकी विकास बैंकले अन्त:शुल्क स्टिकर खरिदका लागि दिएको ६० लाख अमेरिकी डलर हिनामिना गरेको अभियोग मद्रासमाथि छ । त्यहाँको सरकारले मद्रासलाई निलम्बन गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।


नेपालमा विवादित कम्पनी मद्रासलाई अन्त:शुल्क स्टिकर छपाइको ठेक्का दिएपछि सर्वोच्च अदालतमा मुद्दा खेपिरहेको छ । अदालतले मुद्दा अन्तिम टुंगो नलागेसम्मका लागि ठेक्का अघि नबढाउन अन्तरकालीन अन्तरिम आदेश दिइसकेको छ । 

मद्रास सेक्युरिटीमाथि छानबिन गर्न सम्बन्धीत मुलुकले गरेको पत्राचार :

 

यो पनि पढ्नुहोस् :

अन्त:शुल्क स्टीकरको ठेक्कामा कठोर शर्त
स्वदेशीलाई पाखा लगाउन खोज्दा ठेक्का बन्यो गलपासो

अन्तःशुल्क स्टीकर छाप्‍ने इजाजत नै नभएको मद्रासलाई ठेक्का
मद्रासलाई एक अर्ब २७ करोडको ठेक्का, सर्वोच्चको आदेश विभागले टेरेन

विवादित मद्रास सेक्यूरिटीको ठेक्का अघि नबढाउन अन्तरिम आदेश

मद्रासलाई दिइएको अन्त:शुल्क स्टीकरको ठेक्का रोक्न सर्वोच्चमा रिट


Author

थप समाचार
x