अर्थ / बाणिज्य

आइओएस १५ को अपडेट आज बेलुका आउने

इकागज |
असोज ४, २०७८ सोमवार १४:४३ बजे

काठमाडौं- सेप्टेम्बर १४ मा एप्पलले आइफोन १३ सिरिज गर्‍यो।  आइफोनसँगै विभिन्न प्रडक्टहरू सार्वजनिक गर्दा आइओएस १५ केहि दिनमा अपडेट दिने घोषणा गरेको थियो । आइओएस १५ को अपडेट आज रातिबाट उपलब्ध हुने जानकारी एप्पलले दिएको छ । आइओएसको नयाँ अपडेड प्राप्त गर्न आइओएस १४.८ हुदाँ अपडेट चाडै प्राप्त हुने छ ।

कुन कुनले पाउछन् अपडेट ?


आइओएस १५ प्राप्त हुनका लागि तल दिएका मोडेलहरू हुन आवश्यक हुन्छ । आइफोन १३ सिरिज देखि आइफोन सिक्स एस सिक्स एस प्लस तथा आइफोन एसईले पहिलो तथा दोस्रो जेनेरेसनले प्राप्त गर्ने जनाएको छ ।  त्यसैगरि आइप्याड टच सातौं जेनेरेसनले पनि आइओएस अपडेट प्राप्त गर्ने छन् ।

आइओएस १५ को विशेषता

आइओएस विशेषताको कुरा गर्दा यसमा नयाँ विशेषता भनेको फेसटाइम तथा आइ म्यासेज फिचर्स हो । यसमा थप अपडेट गरेर ल्याएको छ । आइ म्यासेजमा ह्वाट्स एप मा जस्तै लिङ्क खोज्न मिल्न सक्ने सुविधा दिदैछ । फोनको नोटस् मा पनि विशेष बनाइएको छ । पुरानो आइफोनबाट डाटा ट्रान्सफर गर्दा अनलिमिटेड स्टोरेज प्रदान गर्ने भएको छ । यसको मतलब तपाईं नयाँ आइफोन किन्दै हुनुहुन्छ भने तपाईंको फोनमा भएको सबै डाटा अर्को आइफोनमा सार्न सक्नुहुन्छ । आइओएस १५ मा सय भन्दा धेरै इमोजीहरू थप गरिएको छ ।


Author

थप समाचार
x