अर्थ / बाणिज्य

टिकटक अब ४० मिनेट मात्र चलाउन पाइने !

इकागज |
असोज ४, २०७८ सोमबार १६:५२ बजे

काठमाडौँ - कतिपय देशमा टिकटक बन्द गरेको समाचार हामीले सुन्दै आएको छौं । छिमेकी मुलुक भारत तथा पाकिस्तानले टिकटक बन्द गरेका छन् । अब भने टिकटक निर्माता देश चीनमा समेत टिकटक चलाउने समय ४० मिनेटमा सिमित गरिएको छ । चीनमा अब टिकटक प्रयोगकर्ताले ४० मिनेटमात्र चलाउन पाइने भएका छन् ।

चिनियाँ भर्सनको टिकटकमा यो नियम लागू भएको हो । चीनमा १४ वर्ष मुनिका बालबालिकाले अब दैनिक ४० मिनेटमात्र टिकटक चलाउन पाउनेछन् । टिकटकले सुरु गरेको 'टिनएज मोड' मा बालबालिकाले दैनिक ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन पाउने छैनन् । बेइजिङबाट खोलेको टिकटक आइडीमा यो नियम लागू हुनेछ ।


१४ वर्ष भन्दा मुनिका बालबालिकाको हकमा यो नियम लागू हुने टिकटकको मातृ कम्पनी बाइट डान्सले जनाएको छ । टिन एज मोडमा राति १० बजेदेखि बिहान ६ बजेसम्म टिकटक चलाउन मिल्दैन । साथै कम्पनीले आफ्ना बालबालिकाको वास्तबिक नाम राखेर टिकटक चलाउन अभिभावकहरूमा अनुरोध गरेको छ ।


Author

थप समाचार
x