अर्थ / बाणिज्य

अब मोबाइल एपबाटै स्थानीय निकायले कर भुक्तानी गर्न सक्‍ने

इकागज |
असोज ५, २०७८ मगलवार २२:४३ बजे

काठमाडौँ - अब स्थानीय तहको एपबाटै कर विवरण हेर्न तथा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । ७५३ ओटै स्थानीय तहका लागि निर्माण गरिएको मोबाइल एपमार्फत करलगायतका सेवा शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने सुविधा उपलब्ध भएको शुरु भएको हो ।

एपमा आबद्ध भएका स्थानीय तहहरुमा काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, हेटौंडा उपमहानगरपालिका र बुटवल उपमहानगरपालिका रहेका छन् ।


त्यस्तै कीर्तिपुर, धुलिखेल, कावासोती, गोदावरी, मध्यबिन्दु, गोकर्णेश्वर र तिलोत्तमा, नमोबुद्ध, बेलौरी, बर्दघाट, बनेपा, पुनर्वास, धनगढीमाई, थुलुङ र दुधकोसी नगरपालिकाको कर प्रणालीहरुमा आबद्ध रहेका छन् । आवद्ध भएका कार्यालयहरूको कर विवरणहरु हेर्न सकिनेछ ।

यसरी विवरणहरु हेर्न तथा भुक्तानी सेवा प्रयोगका लागि सेवाग्राही तथा करदाताहरुले सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको प्रयोगकर्ताको विवरण प्रयोग गरेर भुक्तानी गर्न सकिनेछ ।

सूचना प्रविधि विभागले प्रेस विज्ञप्तीमार्फत पहिलो चरणमा २१ ओटा स्थानीय तहको कर प्रणालीलाई एपमा आबद्ध गरेको जानकारी दिएको छ। यसरी आबद्ध हुनेमा नगरपालिकाहरु रहेका छन् ।

‘आगामी दिनमा स्थानीय तहसँग सम्बन्धित विभिन्न करहरूको भुक्तानीका साथै अन्य सेवाहरू समेत यसमा थप गर्दै उल्लेखित सेवाहरु सबै स्थानीय तहमा यसलाई विस्तार गर्दै लगिने छ। यस मोबाइल एपको माध्यमबाट स्थानीय तहमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका रहनेछ,’ विभागले विज्ञप्तीमा भनेको छ ।

प्रयोगकर्ताले एन्ड्रोइड र आईओएसमा गएर ‘स्थानीय तह’ एप सर्च गरि डाउनलोड गर्न सक्छन् ।

 


Author

थप समाचार
x