अर्थ / बाणिज्य

अब युट्युबको डाउनलोड फिचर डेस्कटपमा पनि

इकागज |
असोज ७, २०७८ बिहीबार १३:२४ बजे

काठमाडौँ- युट्युबले डेस्कटपमा समेत डाउनलोड फिचर सुरु गरेको छ । मोबाइलमा मात्र रहेको यो फिचर अब भने डेस्कटप प्रयोगकर्ताले समेत चलाउन पाउनेछन् । हाल परिक्षणमा रहेको फिचर केही समयमा सबै प्रयोगकर्तालाई उपलब्ध गराउने युट्युब जारी गरको सूचनामा जनाएको छ ।

यस अघि डेस्कटपको भिडियो डाउनलोड गर्दा विभिन्‍न साइट तथा टुलको प्रयोग गर्नुपर्ने अवस्था थियो । युट्युबको भिडियो डाउनलोड गरिसकेपछि इन्टरनेट नभएका स्थानमा समेत सजिलै भिडियो हेर्न सकिन्छ । मोबाइल प्रयोगकर्ताले भने अफलाइन डाउनलोड धेरै अगाडि सुरु भएको थियो । डेस्कटपको सुविधा सबै प्रयोगकर्ताका लागि कहिले उपलब्ध गराउने भन्‍नेबारेमा युट्युबले केही जानकारी दिएको छैन् । हाल विशेषगरि यो सुविधा युट्युबका प्रिमियम प्रयोगकर्ताका अकाउन्टमा उपलब्ध गराएको एन्ड्रोइड पुलिसले जनाएको छ ।



Author

थप समाचार
x