अर्थ / बाणिज्य

दसैंमा मोटरसाइकल किन्दा छुटैछुट, कुन कम्पनीको अफर कस्तो ?

इकागज |
असोज ७, २०७८ बिहीबार १३:४९ बजे

काठमाडौँ -  दसैं तिहारको माहोल सुरु भएसँगै बजारमा मोटरसाइकल किन्नेहरूको लाम लागेको छ । नेपाली बजारमा मोटरसाइकल बिक्रीका लागि दसैंतिहारलाई बिक्रेता कम्पनीहरूले अवसर मान्ने गरेका छन् । पारिश्रमिकको अतिरिक्त पेस्की समेत बुझ्ने समय भएकाले र चाडपर्वमा आकर्षक छुट पाउने भएकाले उपभोक्ताले दसैं तिहारमा भीडभाड गरेर नयाँ सवारीसाधन किन्ने गर्छन् ।

गत वर्ष कोभिड-१९ का कारण व्यापार खस्किएको मोटरसाइकल बिक्रेताहरूले यसपाली दसैंमा बढीभन्दा बढी बाइक बिक्री गर्ने लक्ष्य राखेका छन् । जसअनुसार कम्पनीहरूले बाइकमा छुटैछुटको अफर सार्वजनिक गरिरहेका छन् ।


दसैं तिहारमा नयाँ बाइक चढ्न चाहनेहरुले बाइक छानिरहेका छन् । दशैं तथा तिहारलाई लक्षित गर्दै मोटरसाइकल कम्पनीहरुले पनि आर्कषक अफर तथा योजना ल्याएका छन् ।

बजाजको खुशीको ३ डोज
नेपालमा सर्वाधिक रुचाइनेमध्येको एक मोटरसाइकल कम्पनी बजाजले खुशीको ३ डोज नामक अफर सार्वजनिक गरेको छ । ग्राहकले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने बखत र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

ग्राहकले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यसबाहेक उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् । बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि दश लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्दछन् ।

हिरोको मेला
हिरो मोटर साइकलले नेपालीहरुको महान चाडको अवसरमा ‘दशैंको बेला हिरोको मेला’ अफर ल्याएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले यो वर्षको दशैँका लागि यस्तो अफर ल्याएको हो ।

यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउनेछन् । यसका साथै, स्क्रयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्सको सुविधा पनि उपलब्ध रहेको कम्पनीले बताएको छ ।

सुजुकी पर्वोत्सव
नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्रयाच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउनेछन्। साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था समेत रहेको कम्पनीले बताएको छ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुने कम्पनीले बताएको छ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री गर्दै आएको छ।

यमाहको रेस फर एस
दसैंको अवसर पारेर ‘रेस फर एस अफर’ सुरु गरेको हो । यो अफर अफर गत भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कुटरको खरीदमा लागू गरिएको जनाएको छ ।

योजनाअन्तर्गत उपभोक्ताहरुले यामाहा खरीद गर्दा तत्कालै स्योर सट उपहारमा नगद ८ हजारदेखि १ लाखसम्मको पुरस्कार छुट प्राप्तगर्न सक्नु हुनेछ भनें लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्कातास जित्न सक्नेछन् ।

यतिमात्र हैन बम्पर पुरस्कार त छँदैछ बम्पर पुरस्कार विजेताउपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नेछन् ।

टिभिएसको ६प्राइजको सरप्राइज
टुह्वीलर ब्रान्ड टीभीएस नेपालले आउँदै गरेका दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी टिभिएस ६प्राइजको सरप्राइज योजना सार्वजनिक गरेको छ । ६ पटकसम्म उपहार जित्न सकिने योजनाअन्तर्गत ग्राहकले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुन्जेल विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले खरिदबिनै टीभएसनेपाल डटकमस्ल्यास दशैंमा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

सवारी खरिद गर्दा १० लाखसम्मको नगद हात पार्न सकिनेछ भने दैनिक रियलमी सी२०स्मार्ट फोन ग्राहकले पाउन सक्ने कम्पनीले बताएको छ । ग्राहकले हरेक साता शतप्रतिशत क्यास ब्याक अफरअन्तर्गत सवारी खरिद गर्दा बुझाएको पूरै रकम फिर्ता पाउने कम्पनीले जानकारी दिएको छ ।


Author

थप समाचार
x