अर्थ / बाणिज्य

एमालेको विरोध छिचोल्दै प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित

इकागज |
असोज ७, २०७८ बिहीबार १४:५५ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधि सभाले आर्थिक विधेयक २०७८ पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच विधेयकमाथि छलफल चलेको थियो ।

नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । त्यसपछि सभामुख अग्नीप्रसाद सापकोटाले यो प्रस्ताव फिर्ता लिने मौका दिए । तर बहुमतले संशोधन प्रस्ताव स्वीकार गरेनन् । 


अन्तिममा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसपछि सभामुख सापकोटाले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । संसद्‌को बहुमत  सदस्यले आर्थिक विधेयक पारित भएको छ । 

राष्ट्रिय ऋण उठाउने विधेयक सम्बन्धमा छलफल चलिरहेको छ । 


Author

थप समाचार
x