अर्थ / बाणिज्य

दसैंलाई खुकुलो बन्दै तातोपानी नाका, २० वटासम्म ट्रक ओहोरदोहोर गर्न पाइने

१५ हजार टन मल भित्र्याउन सहजिकरण गर्ने

इकागज |
असोज ७, २०७८ बिहिवार १६:४३ बजे

काठमाडौँ - चीनको स्वशासीत क्षेत्र तिब्बत सरकारले नेपालको तातोपानी नाकाबाट २० वटासम्म ट्रक ओहोरदोहोर गर्न पाउने भएका छन् । त्यहाँको वाणिज्य विभाग, भन्सार विभाग र बन्दरगाह प्राधिकरणका अधिकारीहरूसँग नेपाली टोलीहरूले गरेको छलफलमा तिब्बती अधिकारीहरूले यस्तो प्रतिबद्धता गरेका हुन् ।

यसअघि कोभिड-१९ को कारण देखाउँदै नेपालबाट मुस्किलले १० वटा ट्रक आवतजावत गरिरहेको थियो । आउँदै गरेको चाडवाडमा चिनियाँ नाका सहज हुँदा सामानको आपूर्ति सहज हुने बताइएको छ । चीनबाट मल आपूर्तिका लागि पनि सहजिकरण गर्ने तिब्बत सरकारको प्रतिबद्धता छ ।


१५ हजार टन रासायनिक मल भित्र्याउन नेपालले पहल गरिरहेको छ । त्यस्तै तिब्बती अधिकारीहरूले केरुङबाट कार्गो सेवा सञ्‍चालनका लागि अध्ययन समेत गर्ने बताएका छन् ।   


Author

थप समाचार
x