अर्थ / बाणिज्य

साझा यातायातले ललितपुरमा विद्युतबाट चल्ने 'साइटसिइङ' बस चलाउने

इकागज |
असोज ८, २०७८ शुक्रबार १२:३१ बजे

काठमाडौँ - साझा यातायातले ललितपुर महानगरपालिकासँग मिलेर विद्युतीय बस खरिद गर्ने भएको छ । साझा यातायातले ललितपुर महानगरपालिकाभित्र बिजुलीबाट चल्ने साइटसिइङ बस सञ्‍चालन गर्न लागेको हो ।

साझाले चार वटा त्यस्तो बस खरिदका लागि बोलपत्र आह्वान गरेको छ । ११/१२ सिटको यो सानो बस खासगरी पर्यटकहरूलाई भ्रमण गर्न उपयोगी हुने सञ्चालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए । उनले भने, 'ललितपुरमा पर्यटकले भ्रमण गर्ने यथेष्ट स्थानहरू छन् । तर त्यहाँ पर्यटकहरूलाई ओहोरदोहोर गर्न गतिलो यातायातको व्यवस्था छैन ।' 


११/१२ सम्म सिट क्षमताको बसको सञ्‍चालन गरेर ललितपुर महानगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातको सुविधाको गुणस्तर बढाउन सकिने उनले बताए । ललितपुर महानगरपालिकाभित्र निश्चित रुटमा साझा बस चल्ने गरेको छ । तर पर्यटकका लागि उपयोगी हुने खालको यातायात सुविधा छैन । भारतमा ११ सिटे यस्ता बसको ७/८ लाख भारतीय रुपैयाँ पर्ने गरेको छ । 


Author

थप समाचार
x