अर्थ / बाणिज्य

योजना आयोगका उपाध्यक्ष सीएनआईको वेबसाइटमा सल्लाहकार कायमै

इकागज |
असोज ८, २०७८ शुक्रबार १२:५२ बजे

काठमाडौँ– अर्थशास्त्री डा. विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेको आगामी साता दुई महिना पुग्दैछ । तर अझै पनि उनको नाम नेपाल उद्योग परिसंघ (सीएनआई)को वेबसाइटमा वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा कायमै छ । उपाध्यक्ष बन्नुअघि उनी सीएनआईका वरिष्ठ आर्थिक सल्लाहकार थिए ।

उनले आफैंले सीएनआईका लागि तयार पारेका प्रतिवेदन समेत सीएनआईको अप्रकाशित प्रतिवेदन अनुसार भन्ने हवाला दिदैं लेखहरू समेत प्रकाशन गर्दै आएका थिए । सीएनआईका वरिष्ठ आर्थिक सल्लाहकार रहेका पौडेल उपाध्यक्ष बनेपछि सीएनआईले अघि सारेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानका लागि आधारपत्र तयार गरेको भन्दै त्यसको श्रेय दिएको थियो । 


राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनिसकेपछि पौडेल सीएनआईमा आवद्ध नरहेको तर वेबसाइट अद्यावधिक हुन नसकेकाले उनको आवद्धता देखिएको सीएनआईका एक पदाधिकारीले बताए । ‘उहाँले विगतमा हामीलाई सहयोग गर्नुभयो, तर उपाध्यक्ष बनिसकेपछि उहाँ हाम्रो संस्थामा आवद्ध हुनुहुन्न,’ उनले भने ।

पौडेललाई शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन १२ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो । 


Author

थप समाचार
x