अर्थ / बाणिज्य

भिष्मराज ढुंगानालाई स्पष्टीकरण सोध्‍ने मन्त्रिपरिषद्को निर्णय

इकागज |
असोज ११, २०७८ सोमबार २०:३५ बजे

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानालाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको छ । ढुंगानामाथि छानबिनका लागि गठित समितिले बुझाएको जाँचबुझ प्रतिवेदन अर्थमन्त्रीले मन्त्रिपरिषद्मा पेस गरेका थिए । सोही आधारमा जाँचबुझ समितिको प्रतिवेदनमा केन्द्रित भएर ढुंगानासँग स्पष्टीकरण सोधिन लागेको बताइएको छ । 

यसअघि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग जाँचबुझ समितिको प्रतिवेदनका आधारमा स्पष्टीकरण सोधेर पूववर्ती केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले सफाइ दिने निर्णय गरेको थियो । 


ढुंगानाले दिएको स्पष्टीकरणका आधारमा मन्त्रिपरिषद्ले उनीमाथि निर्णय लिने बुझिएको छ । ढुंगानामाथि बुक बिल्डिङको क्रममा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर छोरीको नाममा खरिद गरेको आरोप लागेको छ । उनीमाथि अर्थ मन्त्रालयको आन्तरिक समिति, संसद्को अर्थसमिति र मन्त्रिपरिषद्बाट गठित न्यायिक छानबिन समितिले छुट्टाछुट्टै छानबिन गरेका छन् । 

यो पनि पढ्नुहोस्

भित्री कारोबारसँग जोडिएका भिष्मराजका तीन कर्तुत (प्रतिवेदनसहित)


Author

थप समाचार
x