अर्थ / बाणिज्य

एनएमबि बैंकको मुद्धती निक्षेपमा ९.५२ प्रतिशत ब्याज

इकागज |
असोज १३, २०७८ बुधबार ११:२ बजे

काठमाडौँ- एनएमबि बैंकले मुद्धती निक्षेपमा उच्च ब्याज प्रदान गर्ने भएको छ । नयाँ योजनाअन्तर्गत बैंकले सर्वसाधारणका लागि मुद्धतीमा ९.५२ प्रतिशत वार्षिक ब्याज (०.५ प्रतिशत  प्रिमियम सहित) प्रदान गर्ने भएको हो। 

बैंकमा खाता नभएका व्यक्तिले भिडियो केवाइसी (भिकेवाइसी), पाँच मिनेटमै खाता खोली कारोबार गर्न सक्ने बैंकले बताएको छ। ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न सक्ने बैंकले जनाएको छ । डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।


भिडियो प्रविधिमार्फत विश्वका जुनसुकै कुनामा रहेका ग्राहकले कारोबार गर्न सक्नेछन्। बैंकले १८१ शाखा, १३७ एटिएम तथा नौ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ। 


Author

थप समाचार
x