दरबार हाई स्कुललाई सनराइज बैंकको सहयोग
काठमाडौं सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा जोन्टा क्लबसँगको सहकार्यमा दरबार हाई स्कुललाई आर्थिक सहयोग गरेको छ ।
बैंकले जोन्टा क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागी ल्यापटप खरिद गरी आवश्यक तालिम संचालन गर्न जोन्टा क्लब काठमाडौलाई दुई लाख रुपैंया सहयोग गरेको छ ।
कोभिड-१९ले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् । सरकारी विद्यालयहरुमा डिजिटल कक्षाहरु संचालन गर्न प्रयाप्त स्रोत, साधान र प्रविधिको अभाव रहेको छ ।
बैंकले यस अघि पनि दरबार हाई स्कूल अन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्टा क्लब काठमाडौलाई तीन लाख रुपैंया सहयोग गरेको थियो ।
मंगलबार दरबार हाई स्कूल, रानी पोखरीमा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले संकृत माध्यमिक विद्यालयलका प्रधानअध्यापक शिवराज अधिकारीको उपस्थितीमा जोन्टा क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया