अर्थ / बाणिज्य

कोका-कोलाको दसैँ योजना लेबलमा 'धन्यवाद'

इकागज |
असोज १४, २०७८ बिहीबार १४:१ बजे

काठमाडौं- कोका कोलाले नयाँ दसैँ योजना ल्याएको छ। यस अभियान अन्तर्गत कोकाकोलाले कोभिड-१९ महामारीको चुनौतीपूर्ण समयमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरुलाई “धन्याबाद” लेबल गरिएका कोकको बोतलहरु बाँड्न प्रोत्साहित गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कोभिड-१९ महामारीका कठिन पलहरुमा साथीहरु, परिवार र फ्रन्टलाइन कामदारहरु आशा र समर्थन प्रदान गर्नेहरुलाई लक्षित गर्दै कोका-कोलाले यस पालिको दसैं अभियान “धन्यबाद” शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको जनाएको छ ।


यसको मुख्य आशय भनेको कोरोना महामारीको कठिन समयमा साथीको रुपमा रहेका व्यक्तिहरुलाई धन्यवाद प्रकट गर्नु रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।  

कोका-कोलाले धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ । यसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी, र सेवाकर्मी हरु रहेका छन् । नियमित कोकका लेबलहरुलाई धन्यवाद लेखिएको लेबल देखिने कम्पनीले जनाएको छ।

बिगत ५ बर्षदेखि कोका-कोलाले ग्लोबल “सेयर ए कोक” अभियान अन्तर्गत बिभिन्न इनोभेटिभ विषयवस्तुहरु प्रस्तुत गर्दै  “मन खोलौं कोकसँग” को रुपमा स्थानीयकरण गरेको थियो।  

यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको थियो । यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञा प्रकट गर्नेतर्फ एक कदम अगाडि बढाएको कम्पनीले जनाएको छ ।  कम्पनीले अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा समेत घोषणा गरेको छ। नयाँ कोका-कोलाको दशैं टिभिसीमा गायक सुशान्त केसीको “धन्यवाद” शीर्षकको गीत समावेश रहेको कम्पनीले जानकारी दिएको छ।

 


Author

थप समाचार
x