अर्थ / बाणिज्य

सेक्युरिटी अडिटरको रोस्टर तयार पार्दै दुरसञ्‍चार

इकागज |
असोज १४, २०७८ बिहीबार १५:३४ बजे

काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा सम्बन्धी कम्पनीको लागि प्रक्रिया अगाडि बढाएको छ । दूरसञ्चार कम्पनी तथा मोबाइल सेवा प्रदायक, नेटवर्क सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायक लगायतको सूचना सुरक्षा अडिट तथा क्लाउड सेक्युरिटी अडिटको लागि प्रक्रिया सुरु गरेको हो ।

प्राधिकरणको रोष्टरमा समावेश हुन चाहने साइबर सुरक्षा कम्पनीहरूका लागि प्राधिकरणले आवश्यक न्यूनतम योग्यता समेत तोकेको छ । प्रधिकरणको सूचना अनुसार रोष्टरमा समावेश हुन चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै कम्पनीहरूबाट आवेदन दिन सक्नेछन् ।


यसका लागि कम्पनी ३ वर्षदेखि संचालनमा रहेको हुनुपर्नेछ छ । साइबर सेक्युरिटी, इन्फरमेसन सेक्युरिटी, सेक्युरिटी अडिटको क्षेत्रमा न्युनतम २ वर्षको अनुभव भएको हुनुपर्ने छ ।

रोस्टरमा सहभागी हुन चाहाने कम्पनीले तीन उल्लेखित तीन योजना सम्पन्न गरेको प्रमाण पेश गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।

आईएस अडिटरमा सहभागी हुन चाहने कम्पनीसँग कम्तिमा तीनजना पूर्णकालिन विज्ञ वा प्रोफेसनल हुनुपर्ने छ । त्यस्ता विज्ञहरुसँग सीआईएसए, सीआईएसएसपी, सीआईएसएम, आईएसओ २०७००१ लगायतमध्ये कम्तिमा कुनै एक प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

त्यस्तै नेटवर्क सिस्टम सेक्युरिटी एक्सपर्टसँग जुनिपर, ह्वावे, सिस्को, रेड ह्याटमध्ये कुनै एक सेक्युरिटी प्रमाणपत्र हुनुपर्ने छ। यसका साथै वेब मोबाइल सेक्युरिटी एक्सपर्टका लागि सीईएच, ओएससीपी, सीईएमपी, सीएमडीएसपी, सीडब्लुएएसपीमध्ये कुनै एक प्रमाणपत्र हुनुपर्ने छ।

क्लाउड अडिटर तर्फ कम्पनीसँग तीनजना पूर्णकालिन विज्ञ वा प्रोफेसनल हुनुपर्ने छ। त्यसमध्ये क्लाउड सेक्युरिटी अडिट एक्सपर्टका लागि सीसीएके, सीसीएसएस, सीसीएसके, सीसीएसपी, सीआईएसए, सीआईएसएसपीमध्ये कुनै एक प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

नेटवर्क सिस्टम सेक्युरिटी एक्सपर्टका लागि एडब्लुएस, एजुर, गुगलमध्ये कुनै एक प्रमाणपत्र र वेब डाटावेश सेक्युरिटी एक्सपर्टको लागि सीईएच, ओएससीपी, सीईएमपी, सीएमडीएसपी, सीडब्लुएएसपी र सीडीएपीमध्ये कुनै एक प्रमाणपत्र पेश गर्नुपर्ने छ।

हेर्नुहोस् प्राधिकरणले निकालेको सूचना 


Author

थप समाचार
x