अर्थ / बाणिज्य

६८ वर्षपछि टाटाकै पोल्टामा एयर इन्डिया, भारत सरकारले किन बेच्‍नुपर्‍याे राष्ट्रिय ध्वजावाहक ?

इकागज |
असोज १५, २०७८ शुक्रबार १२:५३ बजे

काठमाडौँ - भारतीय राष्ट्रिय ध्वजावाहक एयर इन्डियालाई टाटा ग्रुपले किन्‍ने भएको छ । न्यूज एजेन्सी ब्लूमबर्गका अनुसार एयर इन्डियाको प्यानलले टाटा ग्रुपलाई चयन गरेको छ । एयर इन्डियाका लागि टाटा ग्रुप र स्पाइसजेटका अजय सिंहले बोली लगाएका थिए । 

डिसेम्बरसम्म टाटाले एयर इन्डियाको स्वामित्व हात पार्ने सम्भावना छ । जेआरडी टाटाले सन् १९३२ मै टाटा एयरलायन्सको स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धमा विमान सेवा बन्द गरिएको थियो । जब विमान सेवाको पुनर्बहाली भयो सन् १९४६ को जुलाई २९ मा टाटा एयरलायन्सको नाम फेरेर एयर इन्डिया लिमिटेड राखिएको थियो । स्वतन्त्रतापछि १९४७ मा एयर इन्डियाको ४९ प्रतिशत हिस्सा भारत सरकारले नै लियो । सन् १९५३ मा यसको राष्ट्रीयकरण भयो ।


एयरइन्डिया किन बेच्दैछ सरकार ?

भारत सरकारले त्यहाँको संसद्‌मा गरिएको एक सवालजवाफ कार्यक्रममा आर्थिक वर्ष २०१९/२० को तथ्यांकहनुसार एयर इन्डिया करिब ३ खर्ब ८३ अर्ब ६६ करोड भारतीय रुपैयाँ ऋणमा डुबेको छ । 

एयरइन्डिया एसेट्स होल्डिङ लिमिटेडको स्पेशल परपोज भेहिकललाई एयरलाइनद्वारा दुई खर्ब २० अर्ब ६४ करोड  हस्तान्तरण गरिएपछिको बाँकी रहेको रकम हो यो । सरकारले एयर इन्डिया बिक्री नभएमा यसलाई बन् गर्नुको विकल्प नभएको बताएको थियो । 

एयरइन्डियासँग कति छ सम्पत्ति ?
सन् २०२० मार्च ३१ सम्म एयर इन्डियाको कुल सम्पत्ति करिब चार खर्ब ५८ अर्ब ६३ करोड रुपैयाँ छ । यसमा एयरइन्डियाको जग्गा, भवन, एयरक्राफ्ट र इञ्‍जिन समावेश छन् । 

एयरइन्डियाका कर्मचारीहरूको के हुन्छ अब ?
सरकारले गाइडेन्सका आधारमा एयरइन्डिया कर्मचारीहरूको हितमा हुने काम गरिने संसद्‌मा आफ्नो जवाफ दिएको थियो । 


Author

थप समाचार
x