अर्थ / बाणिज्य

ललितपुरको सानेपा र हरिसिद्धिमा  सानिमा बैंकको नयाँ शाखा

इकागज |
असोज १६, २०७८ शनिबार ११:५९ बजे

काठमाडौं- सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।

सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी हरिसिद्धि कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरे ।


सानिमा बैंकको देशका ७ वटै प्रदेशमा गरी १०८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


Author

थप समाचार
x