अर्थ / बाणिज्य

म्याक्स मिडियाको डिजिटल गुरु प्रतियोगिता सुरु

इकागज |
असोज १७, २०७८ आइतबार ११:५१ बजे

काठमाडौँ- म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ ।

डिजिटल मिडिया सम्बन्धी सम्भवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञ व्यक्तिहरुलाई भाग लिन अनुरोध गरेको छ ।


‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियाका विज्ञ व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई व्यक्तिगत एवम् समग्र नेपाली मिडिया उद्योगलाई टेवा पुर्याउनु भएको कम्पनीले बताएको छ।

अहिलेको समयमा हामीले नेपालमा डिजिटल मिडियाको सम्भावना उच्च देखेका छौं, जुन हाम्रो विचार राख्ने एउटा सशक्त माध्यम हो ।

म्याक्स मिडिया डिजिटल गुरु चुनौति परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो जहाँ सहभागिले प्रतियोगिताको नियममा रही आफ्नो रुचीको बिषयमा डिजिटल मिडिया सम्बन्धि सबल प्रस्तुति गर्न दिइने छ।

यसबाट नेपालको डिजिटल मिडियाहरुको उत्थानका लागि एउटा नयाँ अध्ययन शुरु हुने कम्पनीको विश्वास छ । सिमित घेराभन्दा बाहिर निस्किएर केही  नयाँ सिक्न र आफ्नो क्षमता बाहिर ल्याउन यो अत्यन्तै राम्रो अवसर रहेको कम्पनीले जनाएको छ । यस कार्यक्रमको विजेताले पाँच लाख रुपैयाँसम्म पुरस्कार समेत प्राप्त कम्पनीले जानकारी दिएको छ।


Author

थप समाचार
x