साओमी पातलो र हल्का फाइभ जी स्मार्टफोन लन्च
काठमाडौँ- साओमीको नयाँ स्मार्टफोन ‘साओमी–११ लाइट एनइ फाइभ–जी’ सार्वजनिक भएको छ । साओमीले यस फोनलाई विश्व बजारमा उपलब्ध रहेको सबैभन्दा पातलो फोन भएको कम्पनीले जनाएको छ ।
६.५५ इन्चको एमोलेड डिस्प्ले भएको यो स्मार्टफोनमा ९० हर्जको रिफ्रेस रेट तथा २५० हर्जको टच सेम्पलिङ रेट र ८०० निट्सको ब्राइटनेस रहेको छ ।
फोनमा तीनवटा क्यामरा रहेको छ जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र ५ मेगापिक्सलको टेलिम्याक्रो क्यामरा छ । सेल्फीका लागि २० मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।
यस फोनमा क्वालकम स्न्यापड्रैगन ७७८–जी चिपसेट छ, जुन ६ वा ८ जिबी र्याम तथा १२८ वा २५६ जिबी स्टोरेजमा रहेको छ । २ हजार २ सय ५० एमएच ब्याट्री रहेको छ भने ३३ वाटको चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले यसको नेपालमा ८ जिबी र्याममा १२८ जिबी स्टोरेज भएको मुल्य ४५ हजार नौ सय ९९ रुपैयाँ छ भने ८ जिबी र्याम तथा २५६ जिबी स्टोरेज भएको मोडलको मुल्य ४८ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया