यस्तो छ नेपाल टेलिकमको चाडपर्व अफर
काठमाडौँ - नेपाल टेलिकमले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । दसैँ तिहार छठ जस्ता चाडपर्व लक्षित गर्दै डेटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको अफर सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिन २० जीबी डेटा उपलब्ध हुनेछ ।
त्यस्तै तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा ९८ रुपैयाँमा उपलब्ध हुनेछ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो अफर १९ असोज देखि कार्तिक २ गतेसम्म उपलब्ध हुनेछ । यसैगरी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने टेलिकमले जनाइएको छ ।
भ्वाइस सेवा अन्तर्गत कम्पनीले २५ रुपैयाँमा ४५ मिनेट कुरा गर्न सकिने २४ घण्टा लागि उपलब्ध हुने प्याक ल्याएको छ । त्यस्तै ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३ सय मिनेटको प्याक उपलब्ध गराउने भएको छ ।
यसैगरी यो अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुई सय देखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १ जीबी २४ एमबी डेटा प्याक उपलब्ध हुनेछ ।
यसका लागि प्रयोगकर्ताले *१४१५# डायल गर्नुपर्ने हुन्छ । भने, ‘नेपाल टेलिकम’ एपबाट पनि सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया