एनएमबिको एआईमा भिडियो केवाईसी नेपालमै पहिलो
काठमाडौँ- एनएमबि बैंकले भिडियो केवाईसी नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो भएको जनाएको छ । भिडियो कलमा आधारित ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक भएको जनाएको छ । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस बैंकको डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पुरा अपडेट गर्न सक्ने जनाएको छ ।
ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्ने जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया