अर्थ / बाणिज्य

प्रिज्मा एड्भर्टाइजिङ ३० वर्षमा

इकागज |
असोज १९, २०७८ मंगलबार १७:४८ बजे

काठमाडौँ- नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्यको एक, प्रिज्मा एड्भर्टाईजिङले ३०औँ वार्षिकोत्सव मनाएको छ । प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो ।  रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्मा शुरुवातमा झैँ आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको जनाएको छ । प्रिज्मा सन् २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रुपमा सम्मानित रहेको जनाएको छ ।


साथै प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एण्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवाड बेल रिङगर २०००’ समेत जितेको जनाएको छ ।

प्रिज्माले सधैँ आफूलाई विकसित उद्योगसँग समायोजित गर्दै अगाडि बढिरहेको छ र ग्राहकहरूको माग र अपेक्षाहरूलाई राम्ररी बुझेको प्रिज्मा एड्भर्टाइजिंगको मुख्य विशेषताहरू  तथा रचनात्मक डिजाइन, अभियान निर्माण तथा कार्यान्वयन, ब्रान्डको रणनीति तथा विकास, प्रोडक्सन तथा फ्याब्रिकेशन, अडियो भिजुअल निर्माण, मिडिया तथा प्रेस विज्ञप्ति, पब्लिक रिलेसन तथा सामाजिक सञ्जाल र डिजिटल मार्केटिङ रहेका छन्। प्रिज्माले कोका-कोला, बजाज पल्सर, एनसेल, अर्घाखाँची सिमेन्ट, नेस्ट्ले, एभ्रीडे लगायत थुप्रै विज्ञापनहरू निर्माण गरेको जनाएको छ ।

 


Author

थप समाचार
x