वार्षिक उत्सवमा सनराइज बैंकको रक्तदान कार्यक्रम
काठमाडौँ- सनराइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहयात्रा जीबन सुरक्षाको लागि भन्ने नाराको साथ असोज १५ गते, बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले आयोजना गरेको सो कार्यक्रममा २ सय ५५ जनाले रक्तदान गरेका छन् । दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पुर्याउने बैंकको विश्वास छ ।
दशैं र बैंकको १४औं वार्षिकउत्सवको अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको यस बैंकले वातावरण, स्वास्थ्य, सरसफाई, आदि क्षेत्रमा यस महिना भर विभिन्न कार्यक्रम गरी सहयोग पुर्याउने योजना रहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया