अर्थ / बाणिज्य

साओमीका यी फोनले पाउनेछन् एन्ड्रोइड १२ अपडेट

इकागज |
असोज २०, २०७८ बुधबार १२:७ बजे

काठमाडौँ- गुगलले एन्ड्रोइड १२ फुल भर्सन रोल आउट गरेसँगै फोन निर्माता कम्पनीहरूले एन्ड्रोइड १२ अपडेट पाउने फोनको सूची सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले एन्ड्रोइड १२ अपडेट उपलब्ध हुने आफ्ना एमआई तथा रेडमी सिरिजका स्मार्टफोनहरूको सूची सार्वजनिक गरेको छ।

मंगलबारदेखि एन्ड्रोइड १२ को औपचारिक रूपमा रोलआउटको सुरुवात गरेपछि फोन कम्पनीहरूले एन्ड्रोइड १२ सपोर्ट गर्ने तथा नयाँ अपडेट प्राप्त हुने फोनको लिस्ट सार्वजनिक गर्दै आएका छन् ।


गुगलले पिक्सेल, सामसङ, वनप्लस, भिभो, रियलमी, साओमीलगायतका थुप्रै ब्रान्डका विभिन्न मोडलहरूमा यो भर्सन उपलब्ध हुने लिस्ट सार्वजिनक गरिसेकेका छन् । एन्ड्रोइड १२ को यूजर इन्टरफेसमा गुगलले नयाँ मेटेरियल यू भन्ने डिजाइन ल्याङ्ग्वेज प्रयोग गरेको छ। एन्ड्रोइडमा रहेको यस फिचरले प्रयोगकर्ताले नयाँ अनुभव प्रदान गर्नेछ । 

यसबाहेक नयाँ विजेट, नोटिफिकेशन डिजाइनलगायतका  नयाँ  फिचरहरू पनि समावेश गरेको छ। एन्ड्रोइड १२ लाई गुगलले प्रयोगकर्तामैत्री बनाएको जनाएको छ ।

एन्ड्रोइड १२ अपडेट पाउने साओमी तथा पोकोका फोनहरू

साओमीको एन्ड्रोइड १२ अपडेट प्राप्त गर्ने केही फोनहरूको लिस्ट यसप्रकार रहेको छ । एमआई ११, एमआई ११ अल्ट्रा, एमआई ११आई, एमआई ११ एक्स प्रो, एमआई ११ लाइट फोरजी, एमआई ११ लाइट एनई फाइभजी, एमआई ११टी, एमआई ११टी प्रो, रेडमी नोट१० सिरिज, रेडमी के४० गेमिङ, , रेडमी के३० फाइभजी, रेडमी के३० फाइभजी रेसिङ, फाइभजी रेडमी के३० अल्ट्रा,  रेडमी के३०आई फाइभजी ।

पोको सिरिज

पोकोका यी फोनले पाउछन् एन्ड्रोइड १२ अपडेट

पोको एफ३ जीटी, पोको एक्स३ प्रो, रेडमी के३० अल्ट्रा, रेडमी के३० फाइभजी, रेडमी के३० फाइभजी रेसिङ, पोको एम२ प्रो, ब्ल्याक शार्क ४ सिरिज, पोको एम३, पोको एम३ प्रो, रेडमी के३०आई फाइभजी, ब्ल्याक शार्क ३ सिरिजले प्राप्त गर्नेछन् ।

 


Author

थप समाचार
x