अर्थ / बाणिज्य

फेसबुकका केही अकाउन्टलाई कुनै नियम लाग्दैन: फेसबुक कर्मचारी

इकागज |
असोज २०, २०७८ बुधबार १४:३५ बजे

काठमाडौँ- फेसबुकका थुप्रै गोप्य सूचना सार्वजनिक गर्ने पूर्वकर्मचारीले आफ्नो परिचय सार्वजनिक गरेकी छन् । एक अमेरिकी टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा उनको परिचय सार्वजनिक भएको हो । 

फेसबुकमा रहेको बेला उनले फेसबुकको गोप्य सूचना सार्वजनिक गर्दा आइटी जगतमा तहल्का मच्चिएको थियो । ३७ वर्षीया फ्रान्सेस होजेन फेसबुकको गोप्य दस्ताबेज लिक गर्ने कर्मचारी एक टेलिभिजन अन्तर्वार्ताका क्रममा आफ्नो परिचय सार्वजनिक गरेकी हुन । उनले फेसबुकको भिभिड इन्फर्मेशन टिममा प्रडक्ट म्यानेजरको हैसियतले काम गर्ने गरेको थिइन् ।


होजेनले सार्वजनिक गरेका दस्तावेजहरूमा सुरक्षाभन्दा पनि व्यापार वृद्धिलाई प्राथमिकता दिइएको उक्त अन्तर्वार्ताका क्रममा बताइन् । फेसबुकले भने ती दस्तावेजहरू भ्रामक भएको र कम्पनीले गरेको सकारात्मक अनुसन्धानलाई ओझेलमा पार्नमा लागि अगाडि सारिएको आरोप पनि लगाएको छ। 

अमेरिकी टेलिभिजन सीबीएसलाई 'सिक्स्टी मिनेट्स' नामक कार्यक्रमलाई दिएको अन्तरवार्तामा होजेनले यसैवर्षको सुरुवातमा आजित भएर फेसबुक छोडेको बताइन्।

फेसबुकबाट बाहिरिनुअघि उनले कम्पनीका आन्तरिक दस्तावेजहरूको श्रृङ्खला नै कपी गरिन्। पछि उक्त दस्तावेज उनले वालस्ट्रीट जर्नललाई दिइन् जसले केही हप्तायता श्रृङ्खलाबद्ध रुपमा ती गोप्य दस्तावेजहरू प्रकाशन गर्दै आइरहेको छ। यसलाई जर्नलले फेसबुक फाइल्स भन्‍ने नाम दिएको थियो।

अन्तरवार्ताका क्रममा उनले फेसबुकले कलाकार, सेलिब्रिटी तथा राजनीतिज्ञहरूलाई छुट्टै हिसाबले व्यवहार गर्ने पनि जनाइन्। फेसबुकका केही यस्ता अकाउन्टहरू छन् जसलाई फेसबुकका कुनै नियमले समेत नछुने उनले लिक गरेको दस्तावेजमा रेहेको छ ।

लिक भएको दस्तावेजले यस्ता एकाउन्टमा थुप्रै नीति नियम लागू नै नहुने वा कम लागू हुने गरेको खुलेको छ। केही एकाउन्टलाई सिस्टमले एक्सचेक वा क्रस चेकका नाममा राख्ने गरेको उनले सार्वजनिक गरेको दस्तावेजमा राखिएको छ। हाल उनको सो अन्तर्वार्ता सोसल मिडियामा भाइरल भएको छ ।


Author

थप समाचार
x