कनेक्ट आइपीएसमा नि:शुल्क रकम ट्रान्सफर
काठमाडौँ- कनेक्ट आईपीएसबाट निःशुल्क रकम ट्रान्सफर सुविधा ल्याएको छ । दसैँ तिहार तथा छठ पर्वको अवसर पारेर आइपीएसले नि:शुल्क ट्रान्सफर सुविधा दिएको हो । कनेक्ट आईपीएसको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर मोबाइल वालेटमा गरिने फण्ड लोड असोज २० गते देखि कात्तिक २५ गते सम्म ग्राहकले नि:शुल्क रकम ट्रान्सफर गर्न सकिने आइपीएसले जनाएको छ ।
कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइलबाट बैङ्क खातामा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवर्द्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाहा गरिएको कम्पनीले जनाएको छ । दसैँमा हुने कागजी नोटको प्रयोग कम गर्न यसले सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया