अर्थ / बाणिज्य

क्रिप्टोकरेन्सी माइनिङ गर्ने उद्योगलाई चीनले नकारात्मक सूचीमा राख्‍ने

इकागज |
असोज २४, २०७८ आइतवार १३:२८ बजे

काठमाडौँ- चीनले क्रिप्टोकरेन्सी माइनिङ गर्ने उद्योगलाई नकारात्मक सूचीमा राख्ने भएको छ। चीनले नकारात्मक सूचीमा राखेका उद्योगलाई लगानी गर्न प्रतिबन्ध लगाएको छ । नकारात्मक सूचीमा परेको उद्योगलाई चिनियाँमात्र नभइ विदेशी कम्पनीले पनि लगानी गर्न नपाउने चीन सरकारको नियम रहेको छ ।

चीनका नियामकहरुले क्रिप्टोकरेन्सीको माइनिङमाथि केही समय अघि प्रतिबन्ध लगाएको थियो। गत महिना देशको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी सबै गतिविधिलाई अवैध हुने घोषणाले क्रिप्टोकरेन्सीको भाउ निकै तल झरेको थियो ।



Author

थप समाचार
x