अर्थ / बाणिज्य

चाडबाडमा महंगियो फलफूलको मूल्य

इकागज |
असोज २८, २०७८ बिहीबार १८:४९ बजे

काठमाडौँ : नेपालीहरुको महान चाड बडा दशैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । काठमाडौं उपत्यकामा दशैको नवौँ दिन महानवमीमा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन् । 

काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दशैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् । उनीहरुको फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेको गुनासो गरेका छन् ।


एक हप्ताअघि मात्र दुई सयमा किनेको स्याउको मूल्य २५० रुपैयाँ भन्दा बढी पुगेको उपभोक्ताहरुको गुनासो छ । सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरु बताउँछन् । फलफूल व्यापारीहरुले भने चीनबाट फलफूल नआएकोले महंगो भएको बताएका छन् भने फलफूल बजार कुलेश्वरमा एउटै दरको बजार मूल्य नभइदिँदा पनि समस्या आइरहेको बताएका छन् । 

ब्यापारीहरुले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र बाहिरबाट सवारीसाधनहरु नआउदा केही महंगो भएको बताएका छन् । 


Author

थप समाचार
x