अर्थ / बाणिज्य

कनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओप्पो सम्मिलित

इकागज |
कात्तिक ४, २०७८ बिहीबार १३:१० बजे

काठमाडौँ- विश्वकै अग्रणी प्राविधिक ब्राण्ड ओपो र द कनेक्टिभिटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरूपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा तत्कालै सम्मिलित भएको घोषणा गरेको छ ।

नयाँ भूमिकाअन्तर्गत ओपोले प्रमुख सदस्यका रूपमा इन्टरनेट अफ थिंग्स (आईओटी) कनेक्टिभिटी प्रोटोकल मामिला, म्याटरको विकासका तथा चीनमा प्राटोकलको प्रबर्द्धनका लागि अग्रणी भूमिका निभाउने जानकारी दिइएको छ ।


सीएसएद्वारा विकसित तथा निरन्तरता दिइएको म्याटर ‘कनेक्टेड थिंग्स’को जग हो । यसले प्रयोगकर्ताहरूलाई विभिन्न आइओटी उपकरणहरू एकअर्कामा कनेक्टेड राख्ने कार्यमा सहज प्रयोगकर्ता अनुभव प्रदान गर्छ ।

सीएसएको बोर्ड सदस्यका रुपमा ओपोले म्याटर वर्किंग ग्रुपलाई अत्यधिक कम्प्याटिबल आईओटी ईकोसिस्टम निर्माणका लागि महत्वपूर्ण योगदान प्रदान गर्दै पार्टनरहरू सँगको सहकार्यमार्फत एलायन्सको प्राटोकल विकासलाई तीव्रता दिनेछ । यसका लागि ओपोले नयाँ प्राटोकल्सका लागि प्रस्तावना, नयाँ मानकको स्थापना तथा म्याटरमा आधारित नयाँ प्रोटोटाइपको विकासलगायत क्षेत्रमा सघाउने छ ।

ओपोले एलायन्सका प्रविधिहरू आफ्ना आइओटी प्रणाली तथा उत्पादनमा अंगीकरण गर्दै चीनलगायत अन्य क्षेत्रमा सीएसएको प्रबर्द्धनमार्फत कनेक्टिभिटीको भविस्य ट्रान्सफरमेशनका लागि काम गर्नेछ ।

साथै, ओपोले अन्य सीएसए सदस्यहरुसँग आफ्नो सहकार्यलाई बढावा दिँदै भरपर्दो, सुरक्षित र त्रुतिरहित मल्टि–सिनेरियो कन्भर्जेन्ट आईओटी अनुभव प्रयोगकर्तालाई पस्कने छ ।

'म्याटरको विकास तथा आईओटी उत्पादनमार्फत आफ्ना प्रयोगकर्तालाई सुदृढ अनुभव प्रदान गर्न सीएसएको बोर्ड अफ डाइरेक्टर्समा सम्मिलित हुन पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ ।'

ओपोको स्ट्यान्डर्ड्स रिसर्च विभागका निर्देशक निल यांगले भने, '५० भन्दा अधिक देश मार्फत आईओटी तथा मार्केटिंगमा आर्जित हाम्रो वैश्विक विशेषज्ञता चीन लगायत क्षेत्रमा म्याटरको प्रबर्द्धनका लागि प्रदान गर्नेछौँ । सीएसए तथा यसका सदस्यहका साथमा हामी आईओटीको भविष्यलाई आकार दिनुका साथै, हरेक प्रयोगकर्तालाई सुदृढ अनुभव प्रदान गर्ने आईओटी उत्पादनको निर्माणका लागि प्रतिबद्धतालाई पनि निरन्तरता दिनेछौँ ।'

सीएसएका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, टोबिन रिचार्डसनले भने 'बोर्ड अफ डायरेक्टर्सका रूपमा ओपोसँगको अभूतपूर्व सहकार्यले अधिक सहज, कल्पनाशील र उपयोगी संसार निर्माण गर्ने हाम्रो मिशनलाई थप गति प्रदान हुने हाम्रो विश्वास छ ।'

“बोर्डमा ओपोको उपस्थितिले म्याटरलाई चीन लगायत एसिया भर प्रबर्द्धनका लागि उल्लेख्य योगदान मिल्नेछ । यसले अरबौँ प्रयोगकर्तालाई सुदृढ आईओटी अनुभव प्रदान गर्न सघाव मिल्नेछ ।”

पछिल्लो समयमा जीगबी एलायन्सका रूपमा परिचित, द कनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्सको स्थापना सन् २००२मा भएको हो । आईओटीको जग तथा भविस्यका रुपमा यसमा विश्वभरका ४ सय कम्पनी र २२ बोर्ड मेम्बर्स सम्मिलित छन् । करिव २ दशकदेखि सीएसए सदस्यहरू प्राविधिक मानकहरू मार्फत आईओटीलाई सहज तथा थप कम्प्याटिवल बनाउन संयुक्तरुपमा सहकार्य गरिरहेका छन् ।


Author

थप समाचार
x