अर्थ / बाणिज्य

हार्मोनीओएसको प्रयोगकर्ता १५ करोड बढी

इकागज |
कात्तिक ६, २०७८ शनिवार १४:३८ बजे

काठमाडौँ - चिनियाँ टेक जायन्ट हुवावेको आफ्नै अपरेटिङ सिस्टम हार्मोनीओएस इन्स्टलको आँकडा १५ करोड नाघेको जनाएको छ । कम्पनीले यो अपरेटिङ सिस्टमा लाखौं हुवावे तथा अनर डिभाइसहरुका लागि जारी गरेको हो । हुवावेको सबै डिभाइसमा क्रमश हार्मोनीओएस प्रदान गर्दै जाने जनाएको छ ।  

हार्मोनीओएस २ अपरेटिङ सिस्टम गत जुन २ मा भएको हार्मोनीओएस इभेन्टमा सार्वजनिक गरिएको थियो । यो सिस्टमको आधिकारिक रिलिजपछि कम्पनीले थुप्रै डिभाइसहरुका लागि अपडेट पनि जारी गर्दै आएको छ । सार्वजनिक भएको यति छोटो समयमै १५ करोडको आँकडा पार गर्ने हार्मोनीओएस पहिलो भएको कम्पनीको दावी छ ।


हालसम्म अति पुराना हुवावे तथा अनरका स्मार्टफोन तथा ट्याब्लेटमा यो अपडेट उपलब्ध भएको छ। वर्तमानमा ४ सयभन्दा बढी  एप्लिकेशन तथा सेवा साझेदारहरु, १७ सयभन्दा बढी हार्डवेयर साझेदार तथा १३ लाख भन्दा बढी डेभलपरहरुले हार्मोनीको समुदाय बनाउन सहयोग गर्दै आएको जनाएको छ । हार्मोनीओएस संयुक्त रुपमा विश्वकै सबैभन्दा ठूलो ‘इन्टरकनेक्टेड अल-सिनारियो स्मार्ट इकोलोजी’ निर्माण गरेको कम्पनीको भनाइ छ।


Author

थप समाचार
x