अर्थ / बाणिज्य

तीन दिन ब्याट्री टिक्ने नोकियाको फोन ‘सी ३०’ सार्वजनिक

इकागज |
कात्तिक ७, २०७८ आइतबार ११:४० बजे

काठमाडौँ- केही वर्ष अघिसम्म मोबाइलको पर्यायवाची नोकियाको नयाँ फोन भारतमा सार्वजनिक भएको छ । एचएमडी ग्लोबलले नोकियाको नयाँ फोन ‘सी’ सिरिजमा अन्तर्गत ‘सी३०’ सार्वजनिक गरेको हो ।

भारतीय मोबाइल फोन सेवा प्रदायक जियोसँग रणनीतिक साझेदारी गर्दै एचएमडी ग्लोबलले यो फोन भारतमा सार्वजनिक गरेको हो । हरियो र सेतो दुईवाट कलरमा उपलब्ध यस स्मार्टफोनमा ३ जीबी र्‍याम र ३२ जीबी मेमोरी तथा ४ जीबी र्‍याम र ६४ जीबी मेमोरी गरी दुई भेरियन्टमा खरिद गर्न सकिन्छ ।  भारतमा  ३ जीबी र्‍याम ३२ जीबी मेमोरीको मूल्य १०,९९९ तथा ४ जीबी र्‍याम र ६३ जीबी मेमोरीको मूल्य ११,९९९ भारू तोकिएको छ ।


विशेषताहरू

यस स्मार्टफोनमा ६ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । कम्पनीका अनुसार यस फोनलाई एक पटकको चार्जमा ३ दिनसम्म आरामले चलाउन सकिन्छ ।  फोनमा एचडी प्लस रेजोलुसनसहित ६.८२ इन्चको ठूलो डिस्प्ले छ । डिस्प्लेको टपमा वाटर ड्रप नच दिइएको छ ।

यस स्मार्टफोनको ब्याक साइडमा दुईवटा क्यामेरा रहेको छ । क्यामेराको मुख्य सेन्सर १३ मेगापिक्सेलको छ जसले तस्बिरलाई उत्कृष्ट बनाउन मद्दत गर्छ । ‘सी’ सिरिज डिभाइसमध्ये यो फोनमा हाई रेजोलुसन दिएको कम्पनीले दावी गरेको छ ।

यस फोनमा पोट्रेट शटका लागि २ मेगापिक्सेलको डेप्थ सेन्सर दिइएको छ । त्यस्तै सेल्फी पारखीका लागि ५ मेगापिक्सेलको क्यामेरा उपलब्ध गराइएको छ । यो फोन नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने अनुमान गरिएको छ ।


Author

थप समाचार
x