अर्थ / बाणिज्य

त्रियुगा नदीमा माघभित्रै पक्की पुल बन्छ : परराष्ट्रमन्त्री खड्का

इकागज |
कात्तिक ७, २०७८ आइतबार १९:२ बजे

उदयपुर – परराष्ट्रमन्त्री डा. नारायण खड्काले त्रियुगा नदीमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार गृह जिल्ला उदयपुर पुगेका मन्त्री खड्काले चौदण्डीगढी नगरपालिका नेपाली कांग्रेस नगर कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । 

स्थानीय नेता तथा कार्यकर्ताले त्रियुगा नदी लगायतका अन्य खहरे खोला नियन्त्रण गर्न र चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ९ र १० लाई जोड्न त्रियुगा नदीमा पक्की पुलको यथासक्य चाडो कार्य सुरु गराउन मन्त्री खड्कासमक्ष माग गरेपछि खड्काले यस्तो प्रतिबद्धता जनाएका हुन् ।


मन्त्री खड्काले बेल्टार बजारमा ब्यापार व्यावसायमा कमी आएको भन्दै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ बङ्सिलाबाट खोटाङ जिल्लालाई जोड्न दुधकोशीमा पक्की पुल बनाउने, चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १० स्थित देबधारबाट हडिया जोड्ने त्रियुगानदीमा पक्की पुल बनाउने प्रतिबद्धता जनाए ।चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५ मा पर्ने त्रियुगा नदीमा १ दशकदेखि निर्माणाधीन रहेको पक्की पुल आउँदो माघभित्र निर्माण भइसक्ने उनले ठोकुवा गरे ।


Author

थप समाचार
x