अर्थ / बाणिज्य

गोदावरीमा पुष्प प्रदर्शनी शुक्रबारदेखि

इकागज |
कात्तिक ९, २०७८ मंगलबार २१:२७ बजे

काठमाडौँ – गोदावरी पुष्प प्रदर्शनी शुक्रबारदेखि हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले यही १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औं गोदावरी पुष्प प्रदर्शनी’ आयोजना गर्ने भएको हो । फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक संस्थाले जानकारी दिएको छ ।    

प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीबारे जानकारी दिँदै सहभागी नर्सरी व्यवसायीमध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने बताइएको छ ।


यहाँबाट स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाको बिक्री वितरण गरिने छ । करिब ३५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ५० लाख रूपैयाँको कारोबार हुने आयोजकको अपेक्षा छ । यसवर्ष गोदावरी फूलको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी हुने छैन । 


Author

थप समाचार
x